सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर कारोबार

न्यूज समय

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा किनबेच भएको थियो ।