चिसो बढेसँगै साेलुका ९३ सामुदायिक विद्यालयमा पठनपाठन बन्द

न्यूज समय

सोलुखुम्बु । अत्याधिक चिसो बढेसँगै जिल्लाका ९३ सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाइ भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । जिल्लामा रहेका २८९ मध्ये ९३ सामुदायिक विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएको हो।

आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ ।