महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

न्यूज समय

गृहमन्त्री रमेश लेखकले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बिहिबार ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने समेत बताए ।

आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरू क्रियाशील रहेको जानकारी दिदै मन्त्री लेखकले सरकार वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा गम्भीर रहेको बताए ।

लोकतन्त्रमा आलोचना, विरोध र धारणा सभ्य र सुसंस्कृत ढङ्गबाट राख्न पाईने उल्लेख गर्दै डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि सरकार अघि बढेको उल्लेख गरे ।