अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउँदै
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। उनी मंसिर २३ देखि २५ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका हुन् ।
उनी भारत र श्रीलंकाको भ्रमण सकेर नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
मणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन्।