नेपालद्वारा आज देखि औपचारिक रुपमा बङ्गलादेशमा बिद्युत निर्यात सरुवात
नेपालले दोस्रो मुलुक बङ्गलादेशमा बिद्युत् निर्यात औपचारिक रुपमा सुरुवात गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कविरले शुक्रबार भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
यस अघि पहिलो देश भारत बिद्युत निकासी गरेको नेपालले आजबाट भारतको बाटो हुँदै दोस्रो देश बङ्गलादेश ४० मेगावाट बिद्युत निर्यात सुरुवात गरेको हो ।
गत असोजमा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले भारतको बाटो हुँदै बङ्गलादेश बिद्युत निर्यात गर्न पाउँदा अत्यन्त खुसि लगेको र भारत र बङ्गलादेश दुवैलाई मन्त्री खड्काले धन्यवाद समेत दिएका छन् ।
दुई देश बीच भएको सम्झौता अनुसार नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपियाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात सुरुवात गरेको समेत मन्त्री खड्काले बताए ।
सम्झौता बमोजिम बङ्गलादेशका लागि नेपाली बिद्युत नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत् पुग्नेछ ।
त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुर्याईने छ ।