१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

ललितपुर महानगरपालिकाद्वारा अनधिकृत संरचना भत्काउन सुरु, पहिलो चरणमा राष्ट्रिय सहकारी विकास बोर्ड भित्रको संरचना भत्कायो

अदालतको आदेश अनुसार ललितपुर महानगरपालिकाले अनधिकृत संरचना भत्काउने अभियानलाई अगाडि बढाएको छ ।
ललितपुर महानगरपालिकाको अनुसार आईतबार ललितपुरको हरिहरभवन स्थित राष्ट्रिय सहकारी विकास बोर्डले निर्माण गरेको अनधिकृत संरचना भत्काईएको छ ।
विहान महानगरपालिकाको डोजरले अनधिकृत संरचना भत्काएको नगर प्रहरी प्रमुख सीताराम हाछेंथुले बताए ।
मापदण्ड विपरित निर्माण गरिएको बोर्डको अनधिकृत संरचना महानगपालिकाको डोजर सहित पुगेको नगर प्रहरीको टोलिले भत्काएको प्रमुख हाछेंथुको भनाई छ ।
अदालतले लतिपुरमहानगरपालिका भित्र रहेको अनधिकृत संरचना भत्काउन दिएको आदेश बमोजिम अन्य स्थानमा रहेका त्यस्ता संरचना पनि भत्काईने उनले जनकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*