१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

केएमसीका इन्टर्न डाक्टरहरुद्वारा तीन दिनका लागि आन्दोलन स्थगित

आन्दोलनरत काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरहरुको तीन दिनका लागि आन्दोलन स्थगित गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको छलफल पछि डाक्टरहरुले राखेको माग सम्वोधनकालागि तीन दिनको समय दिने सहमति भए पछि आन्दोन फिर्ता लिईएको डाक्टरहरुले बताएका छन् ।

बुधबार (आज) देखि ओपीडी सेवा समेत ठप्प पार्ने अन्दोलनरत डाक्टरहरुले निर्णय गरे पछि अस्पताल प्रशासनले सुरक्षागार्डहरु प्रयोग गरी उनिहरुलाई अस्पताल भित्र प्रवेश गर्न दिएको थिएन ।

एमबीबीएस अध्ययन गर्दा लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै सात दिनदेखि डाक्टरहरु आन्दोलन गर्दै आएका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*