१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

पर्वतका विभिन्न स्थानमा आएको असिना पानीले धानाबालीमा क्षति

पर्वतका विभिन्न स्थानमा परेको असिना पानीले धानबालीमा क्षति पुर्याएको छ । धान पाकेर काट्ने तथा थन्काउने बेला परेको असिना पानीले गरेको नोक्सानीले किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिका लगाएतका स्थानमा असिना पानीले क्षति पुर्याएको स्थानीय कृषकहरुले बताएका छन् ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ ।

अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्यांक आइपुग्ने प्रमुख अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीले भने “यस वर्ष समयमै मनसुन भएकाले पर्वतमा राम्रो धानबाली फलेको थियो, तर काट्ने बेला तथा केही किसानले काटि पनि सकेको धानबालीलाई एक्कासी आएको असिना पानीले नोक्सान पुर्याएको छ” ।

यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने पनि कार्यालय प्रमुख अधिकारीले बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*