१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

सहकारीको करोडौं रकम अपचलनको आरोपमा दुई जना विरुद्ध रेड कर्नर नोटिस जारी हुँदै

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलनमा संलग्न व्यक्ति विरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तैयारी थालेको छ ।

मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको ब्युरोले ज्योति गुरूङ र ज्योति बहादुर भण्डारी विरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको हो ।

सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार पाँच जना विरुद्ध जाहेरी परेकामा ज्योति गुरूङ र ज्योति बहादुर भण्डारी विरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारी भएको छ ।

सिफारीस गरिएका कागजात अनुसार प्रयाप्त प्रमाण पुगे प्रहरी प्रधान कार्यालयले रेड कर्नर नोटिसका लागि इन्टरपोलमा पत्राचार गरेपछि नोटिस जारी हुनेछ ।

सिआइबीले जारी गर्न लागेको रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन् ।

नेता गुरुङले ज्योति आफ्नो पूर्वपत्नि रहेको र आफूहरू बीच सम्बन्धविच्छेद भइसकेकोले उनी संग कुनै सम्वन्ध नरहेको बताउँदै आएका छन् ।

ज्योति र धनराजको सम्बन्धविच्छेद २०७६ सालमा भएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*