१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

नवलपुरमा भएको जिप दुर्घटनामा दुईको मृत्यु, २८ घाईते


नवलपुरको कावासोतीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिवार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप कावासोती १ बालुवा डाँडामा भएको दुर्घटना हुँदा २८ जना घाईते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङ्गटार–३ घर भई हाल कावासोती बस्दै आएका अन्दाजी २० वर्षीया पवित्रा मश्राङ्गी मगर र अर्का एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय अस्पताल तथा गम्भिर घाईतेहरुलाई चितवन पठाईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*