१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

गैरकानुनी रुपमा नेपालमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ

गैरकानुनी रुपमा नेपालमा बस्दै आएका १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि सकिएर गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनिहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेकाहरु शंकास्पद गतिविधिहरुमा संलग्न भएको सूचनाको आधारमा काठमाडौंको ठमेल तथा सोह्रखुटे क्षेत्रबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ परका उनिहरुलाई आवश्यक अनुसन्धानका लागि अध्यागमन विभाग पठाईएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जनाकारी दिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*