१० कार्तिक २०८१, शनिबार  |  26 October 2024,Saturday
Ad

बाढी र पहिरोमा परी हाल सम्म १ सय ९३ जनाको मृत्यु , अवरुद्ध सडक खुलाउन पहल


अविरल वर्षा संगै आएको बाढी र पहिरोमा परी हाल सम्म १ सय ९३ जनाको मृत्यु भएको पुष्टी भएको छ ।
यहि असोज ११ गते देखि दुई दिन सम्म परेको बर्षा संगै आएको बाढी पहिरोमा परी अझै ३० जना बेपत्ता छन् भने १सय ९३ घाईते भएको गृह मन्त्रालय श्रोतले बताएको छ ।
बाढी र पहिरोबाट विद्यालय, पुल, सडक, सर्वसाधारणका घर तथा खेति योग्य जमिन, विद्युतिय संरचना लगाएतका करोडौंको भौतिक संरचनामा क्षेति पुगेको छ ।
आईतबार देखि मौषम सफा भए पछि अवरुद्ध सडक खुलाई यातायात सुचारु गराउन स्थानीय प्रशासन तथा प्राविधिकहरु खटिई रहेको खवरहरु पनि प्राप्त भईरहेका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार उद्दार तथा राहत एवं क्षतिको विवरण संकलनमा प्रहरी, नेपाली सेना तथा राष्ट्रसेवकहरु खटिई रहेको जानकारी दिए ।
बाढी र पहिरोबाट भएको क्षतिको विवरण १५ दिन भित्र संकलन गर्ने गरी मन्त्रालयले टास्कफोर्स स्थापना गरेको पनि बताईएको छ ।
प्रवक्ता तिवारीका अनुसार घरवार विहिन भएका परिवारलाई राहत र अस्थायी घर निर्माणकालागि सरकारले एक हप्ता भित्र पहिलो किस्ता बापतको रकम उपलव्ध गराउने निर्णय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*