आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।
आयोगले बुधबार एक सूचना प्रकाशित गर्दै बिहीबार (भोली) देखि असोज १६ गते सम्म संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो ।
दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १२ अनुसारको ढाँचामा निवेदन दिनुपर्ने आयोगको भनाई छ ।
स्थानीय तहका रिक्त ४३ पदका लागि आयोगले निर्वाचन गराउने तैयारी थालेको हो ।
त्यसका लागि आयोगले मंसिर २ गते उम्मेदवारी दर्ता गर्नु पर्ने कार्यसुचि निर्माण गरेको पनि निर्वाचन आयोगले जनाएको छ ।
न्यूज समय
९ आश्विन, २०८१, बुधबार ००:००