८ आश्विन २०८१, मंगलवार  |  24 September 2024,Tuesday
Ad

त्रिभुवन विश्वविद्यलयले २०५८ साल देखिका विद्यार्थीलाई मौका परीक्षा गराउँदै

त्रिभुवन विश्वविद्यलयले पुराना परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले मंगलबार एक सूचना प्रकाशन गर्दै २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने जानकारी गराएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग के.सी.को अध्यक्षतामा बसेको बैठकले मौका परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मंगलबार गोरखापत्रमा प्रकाशित सूचना अनुसार २०५८ सालदेखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ सालदेखिका सेमेस्टर प्रणालीका विद्यार्थी मौका परिक्षामा सहभागी हुन पाउने छन् ।

मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा, कानुन, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका अनुर्तिन विद्यार्थीले यो मौका परीक्षामा दिन पाउने छन् ।

साथै सूचनामा जुन सुकै परीक्षामा एआईको प्रयोग भएको भेटिए परीक्षा रद्द गर्न सकिने पनि जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*