७ आश्विन २०८१, सोमबार  |  23 September 2024,Monday
Ad

धनुषा प्रहरीको हिरासतबाट ९ जना थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट नौ जना थुनुवा फरार भएका छन् ।

प्रहरीका अनुसार लागु औषध र अभद्र व्यवहारमा आरोपित नौ जना सोमबार विहान प्रहरीको हिरासत कक्षबाट फरार भएको प्रहरीको भनाई छ ।

फरारमध्ये एक जनालाई पुन नियन्त्रणमा लिएको भए पनि अन्य ८ जना अझै फरार छन् ।
फरार हुनेमा जनकपुर उपमहानगरपालिका २० रुपैठाका अमितकुमार झा, धनुषा गिद्धा नपा ७ का रञ्जित मण्डल र रोशनकुमार मण्डल, धनुषा औरही गाउँपालिका २ का विशाल मुखिया र सिराहा न.पा. १३ का अभाष्करकुमार यादव रहेका छन् ।
त्यस्तै महोत्तरी जलेश्वर न.पा. ५ का सत्यम झा, जनकपुर उपमहानगरपालिका १ का सुमित मेस्तर र वडा नं ४ का शेखर कार्की तथा धनुषा नगराइन न.पा. २ का मनिष मण्डल रहेको प्रहरीले जनाएको छ ।

२४ सै घन्टा डिउटीमा रहने प्रहरीको हिरासत कक्षबाट यसरी थुनुवा फरार हुनुलाई गंभिर रुपमा लिईएको छ ।

प्रहरीका अनुसार धनुषा प्रहरीको हिरासत कक्षमा ५९ जना थुनुवा छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*