५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

लोकतन्त्रप्रति जनताको भरोसा जगाउन भूमिका खेल्नुहोस् : राष्ट्रपति पौडेल


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि नेपालका सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालका नवनिर्वाचितअध्यक्ष अर्जुन गिरी सहितका पदाधिकारीहरूलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा शुभकामना दिँदै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । “त्यतिमात्र होइन भुकम्प, कोरोनाजस्ता विपद्का बेला यी रेडियोहरूको भूमिका विपद्का साथीका रूपमा रहेको थियो, यसका लागि म तपाईंहरूलाई ह्रृदयदेखि धन्यवाद दिन चाहन्छु”, उनले भने ।
नागरिकलाई सुसूचित गर्न तथा जनताको अभिव्यक्ति स्वतन्त्रताको जगेर्ना गर्न सामुदायिक रेडियोको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो । राष्ट्रपति पौडेलले सामाजिक सञ्जालको प्रयोगको तिब्र होडबाजीले तथ्यहिन र भ्रामक सूचना संप्रेषण हुनसक्ने अहिलेको चुनौतिको सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना संप्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोगको वातावरण बनाउन र प्राप्त लोकतन्त्रप्रति जनताको भरोसा जगाउन आगामी दिनमा अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

उनले साक्षर मात्र होइन सञ्चारका अरु साधनको पहुँच नभएका निरक्षर जनताका लागि पनि रेडियो सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चार माध्यम भएको स्पष्ट पारे । सामुदायिक रेडियो अभियानले विभिन्न भाषामा कार्यक्रम तथा समाचार प्रसारण गरिरहेकोमा उहाँले खुशी व्यक्त गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*