१५, जेठ, काठमाडौं  ।  कर्मचारीको अभाबलाई मध्यनजर गर्दै लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
 बुधबार (आज) सूचना प्रकाशित गरेर आयोगले नौ हजार स्थानीय तहमा रिक्त रहेका पदहरू पदपूर्ति गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन आव्हान गरेको हो ।
 चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ मागिएको कर्मचारी प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ति गरिने छ । 
 अनलाइनमार्फत आवेदन दिन सकिने गरी प्रकाशित सूचनाको म्याद आउँदो असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म तोकिएको प्रकाशित सूचनामा उल्लेख छ ।
 कर्मचारी समायोजन पछि स्थानिय तहमा १६ हजार २ सय ६२ कर्मचारी अभाब रहेको छ ।
 प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले जनाएको छ ।
 आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।

 
					
न्यूज समय
१५ जेष्ठ, २०७६, बुधबार ००:००