१८ बैशाख २०८१, मंगलवार  |  30 April 2024,Tuesday
Ad

कृष्ण र सिर्जुको रेलिमैले बजार पिट्दै

८, जेष्ठ, काठमाडौं । लोकदोहोरी क्षेत्रका तारा कृष्ण रेउले र गायिका सिर्जु अधिकारीको रेलिमैले नेपाली गीत संगित क्षेत्रको बजार पिट्न थालेको छ ।
पछिल्लो समय लोकदोहोरी क्षेत्रमा उत्कृष्ठ गीतहरुको बाढि आईरहेको बेला रेउले र अधिकारीको स्वरमा सजिएको गितको बजारमा खुबै चर्चा चलेको छ । गायक रेउले र मोडल करिश्मा ढकालले अभिनय गरेको गीत राम्रो भएको गायक रेउले दावि गर्छन् । आम गीत संगित पारखिको मन जित्न सक्ने गरि आफुहरुले गीत बनाई बजारमा ल्याएको गायक रेउलेको दाबि छ ।
शब्द संगित स्वयं रेउलेकै रहको गीत यहि जेठ ३ गते रिलिज भएको थियो । गायिका सिर्जु अधिकारीको आधिकारीक यूट्युब च्यानलबाट रलिज भएको गीतको आज जेष्ठ ८ गते बिहिवार सम्म १ लाख ४९ हजार ४ सय ५७ भिउज गैसकेको छ ।
पछिल्लो समय गायन संगै नृत्य तथा अभिनमा पनि होमिएका गायक रेउले र अधिकारीको गीतको शंकर बिसी ले निर्देशन गरेका छन् भने दुर्गा पौडेले खिचेका हुन । गीतको सम्पादन नबिन घर्तिले गरेका छन ।

गीतको फुल भिडियो हेर्न तलको लिङ्कमा थिच्नु होला

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*