१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

सङ्क्रमणकालीन न्यायमा सैद्धान्तिक सहमति

सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठकले सैद्धान्तिक सहमति जुटेको जनाएको छ ।
सिंहदरवार स्थीत गृह मन्त्रालयमा शुक्रबार बसेको बैठकले बृहत परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर सैद्धान्तिक समति गर्दै यस विषयलाई टुङ्ग्याउने सहमति भएको हो ।

बैठक पछि सञ्चारकर्मी संग बोल्दै माओवादी केन्द्रबाट प्रतिनिधित्व गरेका उपमहासचिव जनार्दन शर्माले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि आफुहरु बीच सैद्धान्तिक सहमति जुटेको बताए ।

आउँदो सोमबार सरोकारवालाहरु संग छलफल गर्ने र त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रुप दिने मोटामोटी सहमति भएको शर्माको भनाई थियो ।

पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानुनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने र त्यसलाई अन्तिम बैठक बसेर प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई बुझाउने गरी सहमति भएको पनि नेता शर्माले जानकाकी दिए ।

बैठकमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्माको सहभागीता रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*