नेपाल प्रेस युनियनले पत्रकार महासंघमा धर्ना दिएको छ । युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहित दर्जनौ पत्रकारले महासंघको केन्दीय कार्यालय अगाडि धर्ना दिएका छन् ।
युनियनको आईतवार बसेको सचिवालय बैठकले घोषणा गरे अनुरुप विहान ११ बजे देखि दिउँसो १ बजे सम्म धर्ना दिने कार्यक्रम तय गरको थियो ।
युनियनको निर्देशनमा पत्रकार महासंघको सवै जसो जिल्ला शाखामा युनियन समर्थित पत्रकारले धर्ना दिईरहेका छन् ।
नेपाल पत्रकार महासंघको कुनै वैध संरचनाले सिफारिस नगरिएका गैर पत्रकारको सदस्यता खारेज गर्न नेपाल प्रेस युनियनले जोरदाड माग गरेको छ ।
त्यस्तै पत्रकार महासंघका शाखा, प्रदेश समितिले विधान, विधि, प्रक्रिया अनुसार सिफारिस गरेका सदस्यता कायम गर्न, क्रियाशिल पत्रकारलाई सदस्यता प्रदान गर्न, नेपाल पत्रकार महासंघलाई विधान अनुसार सञ्चालन गरी तत्काल सदस्यता विवाद टुंगाएर नेपाल पत्रकार महासंघको निर्वाचन हुने वातावरण सुनिश्चित गर्न प्रेस युनियनले माग गर्दै आएको छ ।
न्यूज समय
१७ असार, २०८१, सोमबार ००:००