पशुपति नाथ मन्दिरको भेटी चोरीको आरोपमा पक्राउ परेका ५ जना पुर्पक्षकालागि कारागार चलान
पशुपति नाथ मन्दिरको भेटी चोरीको आरोपमा पक्राउ परेका मध्य ५ जना पुर्पक्षकालागि कारागार चलान भएका छन् ।
कारागार चलान हुनेहरुमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार रहेका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलपाणि गौतमको इजलासले बिहिबार पाँचजनालाई पुर्पक्षकालागि कारागार पठाउन आदश दिएको हो ।
पक्राउ परेका अर्का एक जनालाई अदालतले ३ लाख धरौटीमा रिहा गरेको छ । धरौटीमा रिहा हुनेमा सत्यनारायण जोशी रहेको अदालत श्रोतले बताएको छ ।
पशुपति नाथ मन्दिरको भेटी चोरीको आरोपमा उनिहरुलाई झण्डै २ करोड ३० लाख बिगो माग सहित मुद्दा चलाईएको थियो ।