१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

गीतकार सुरेश शिवाकोटीको गजल “मान्छे चिन्न जानिन” सार्वजनिक

गीतकार सुरेश शिवाकोटीको नयाँ गजल “मान्छे चिन्न जानिन” आईतवार सार्वजनिक भएको छ । जन्मदिनको माहोलमा फुरेको शव्दलाई गजलको रुप दिएका गीतकार शिवाकोटीको यो गजललाई गायक गोविन्द मधुर आचार्यले स्वर दिएका छन भने, संगीत स्वयं आचार्यले गरेका हुन् ।
आचार्यको युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा गायक आचार्यले स्वयं गायर अभिनय गरेका छन् ।
म्यूजिक व्याण्डको स्टाईलमा लाईभ प्रस्तुति जस्तै गरी तैयार पारिएको भिडियो राम्रो भएको र दर्शक श्रोताले मन पराईदिने गीतकार शिवाकोटीको भनाई छ ।
गीत लेखनमा नेपाली सांगीतिक बजारमा छाउन थालेका शिवाकोटीले अन्य थुप्रै गीत नेपाली सांगीतिक श्रोतालाई दिने तैयारीमा आफु रहेको बताएका छन् ।
आफुले गरेको सांगीतिक योगदानलाई मुल्यांकन गरी प्रतिकृया दिन पनि रचनाकार शिवाकोटीले सवैमा आग्रह गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*