राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको मनसुनजन्य विपदबाट हुन सक्ने हानि नोक्सानीको पूर्व आँकलन गरेको छ ।
प्राधिकरणको सोमबार बसेको २३ औं बैठकले यस बर्षको मनसुनबाट झण्डै ४ लाख १२ हजार घर धुरीका १८ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गरेको हो ।
प्राधिकरणका अनुसार मनसुनजन्य विपदबाट ८३ हजार घरपरिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनु पर्ने आँकलन भएको प्रवक्ता डिजन भट्टराईले बताए ।
अघिल्लो बर्ष भएको प्रभावित अनुमान अनुसार सवै भन्दा धेरै कोशी प्रदेशको ताप्लेजुङ, संखुवासभा, पाँचथर लागायतमा बढी धन जनको क्षति भएको थियो ।
त्यसका लागि प्राधिकरणले पूर्व सतर्कता तथा राहत र उद्धारकालागि तैयारी रहने गरी व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।
हुनसक्ने सम्भावित घटनालाई मध्यजनर गर्दै प्राधिकरणले उद्धार टोलिमा नेपाली सेनाबाट १० हजार ८४७, नेपाल प्रहरीबाट १० हजार ५८५ र सशस्त्र प्रहरी बलबाट ९ हजार ९२४ जना जनशक्ति परिचालन गर्ने कार्ययोजना पनि पारित गरेको छ ।
जल तथा मौषम बिज्ञान विभागका अनुसार यस बर्ष औषत भन्दा बढी पानी पर्ने आँकलन गरिरहेका बेला प्राधिकरणले पूर्व तैयारी गर्नुलाई सकारात्मक रुपले लिइएको छ ।
न्यूज समय
२१ जेष्ठ, २०८१, सोमबार ००:००