दिल्लीका मुख्यमन्त्री केजरीवालले आज अपरान्ह तिहाड जेलमा आत्मसमर्पण गर्दै

न्यूज समय

भारतको राजधानी नयाँ दिल्लीका मुख्य मन्त्री तथा आम आदमी पार्टीका संस्थापक अध्यक्ष अरविन्द केजरीवालले आज अपरान्ह तिहाड जेलमा आत्मसमर्पण गर्ने भएका छन् ।

नरेन्द्र मोदी सरकारले भ्रष्टाचार आरोपमा जेल पठाएका केजरिवाललाई सर्वोच्च अदालतले चुनाव प्रचारका लागि जेलबाहिर जान अनुमति दिएको थियो ।

जेलबाट छुटेर २१ दिन चुनावी प्रचार सकेपछि आजै आफूले तिहाड जेलमा सरेन्डर गर्ने केजरीवालले बताएका छन् ।

दिउँसो ३ बजे घरबाट निस्केर राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा श्रद्धान्जली दिने र हनुमान मन्दिरको दर्शनपछि पार्टी कार्यालयबाट जेल जाने कार्यक्रम उनले सार्वजनिक गरेका छन् ।