ट्राफिक नियम उल्लंघन गर्नेलाई ट्राफिक स्वयंसेवकको रुपमा सडकमा
- १६ जेष्ठ, २०८१, बुधबार ०८:५३
- मुख्य समाचार
- न्यूज समय
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेलाई नौलो किसिमको कारवाही सुरु गरेको छ । उपत्यका ट्राफिक कार्यालयका अनुसार बुधबार (आज) देखि ट्राफिक नियम उल्लंघन गर्नेलाई १ घण्टा ट्राफिक स्वयंसेवकको रुपमा सडकमा खटाउन थालेको हो ।
गृह मन्त्रालयको निर्देशन अनुसार उपत्यका भित्र नियमको उल्लंघन गरेकालाई केही समय सचेतना कक्षा लिइ पछि थप कारवाही स्वरुप १ घण्टा ट्राफिक स्वयंसेवकको रुपमा सडकमा खटाउन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरिक्षक जीवन श्रेष्ठका अनुसार कारवाहीमा परेकाहरुले विहान ९ बजे देखि बेलुका ५ बजे भित्र काठमाडौंको ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतका स्थानमा स्वयंसेवकको रुपमा काम गर्ने छन् ।
उपरिक्षक श्रेष्ठका अनुसार पहिलो दिन आज मात्रै ६०४ जनालाई कारवाही स्वरुप यि स्थानमा ट्राफिक व्यवस्थापनमा खटाईएको छ ।
उपत्यकामा दैनिक झण्डै ३ हजार जना ट्राफिक नियमको उल्लंघनमा कारवाही पर्दै आएका छन् ।