१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ, पक्राउ प्रतिशोधपूर्ण भएको भन्दै बिरोध

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत धनुषाले अध्यक्ष सिरोहियालाई पक्राउ गर्न पुर्जी जारी गरे संगै मंगलबार बेलुकी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलिले उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत धनुषमा कैलाश शिरोहीया विरुद्ध दोहोरो नागरिता समन्धमा परेको उजुरीका आधारमा प्रहरीले शिरोहियालाई थापाथली स्थीत उनकै कार्यालयबाट पक्राउ गरेको हो ।
सिरोहियाको पक्राउ विरुद्ध कान्तिपुर गु्रप कार्यालय परिसरमा नारा नारावाजी भएको थियो ।
पक्राउ परेपछि पत्रकार समक्ष बोल्दै सिरोहियाले आफु विरुद्ध गृहमन्त्रीले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन् । सहकारी ठगि प्रकरण तथा पासपोट काण्डको प्रतिशोध आफुको गिरफ्तारी गरेको सिरोहियाको प्रतिकृया थियो ।
आफुलाई पक्राउ गरे पनि कान्तिपुर मिडिया निरन्तर वेतिथी बिरुद्ध समाचार संप्रेक्षणमा लागिरहने पनि सिरोहियाले बताए ।
पक्राउ परेका सिरोहियालाई जनकपुर लैजाने तैयारी गरिएको स्रोतले बताएको छ ।
यसै बीच सिरोहियाको पक्राउ प्रति नेपाल पत्रकार महासंघले आफ्नो ध्यानार्कषण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीद्धारा हरुताक्षरीत जारी बिज्ञप्तीमा आरोपको सन्दर्भमा छानविनलाई सघाउने प्रतिवद्धता जनाउदा जनाउदै पक्राउ गरिएको घटनालाई गम्भिरतापूर्वक लिएको उल्लेख छ ।
समग्र संचार क्षेत्रलाई लान्छिनित गर्ने गरी उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले दिएका अभिव्यक्ति संगै सिरोहिया पक्राउ पर्नु प्रतिशोधपूर्ण रहेको पुष्ठी भएको बिज्ञप्तीमा भनिएको छ ।
बिज्ञप्ती मार्फत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरी नेपालको संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुतिलाई पालना गर्न पनि सरकार संग जोडदाड माग गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*