क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाई
- २ जेष्ठ, २०८१, बुधबार ११:५४
- मुख्य समाचार
- न्यूज समय
बलात्कार मुद्दाका आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाई दिएको छ ।
उच्च अदालतका न्यायाधिश सुदर्शनदेव भट्ट र अन्जु उप्रेति ढकालको संयुक्त इजलासले प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याउँदै सफाई दिएको हो ।
जिल्ला अदालत काठमाडौले गएको २०८० पुष १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई ८ बर्षको जेल सजाय र ५ लाख जरिमाना तोकेको थियो ।
फैसला तोक्ने समयमा उच्च अदालत पाटनमा सन्दीप पक्षका सैयौ समर्थको उपश्थिती रहेको थियो ।
नेपाली क्रिकेटलाई बिश्वमा चिनाउन सन्दीपको महत्वपूर्ण भुमिका रहेको भन्दै उनका समर्थकले निर्दोष करार गरी रिहाई गर्नु पर्ने आवाज उठाउँदै आएका थिए ।