संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वशान्ति कार्यमा खटिएका सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’ देखि सुरु भएको छ ।
विभिन्न १९ मुलुकका एक हजार एक सय २५ सैनिकको सहभागिता रहेको बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास चार’को मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सैनिक मुख्यालय टुँडिखेलमा आयोजित विशेष समारोह बीच उद्घाटन गरे ।
तालिम यहि फागुन २१ गते सम्म काभ्रेस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्र पाँचखाल सञ्चालन हुने बताईएको छ ।
शान्ति स्थापना मिसनमा सहभागी हुने फौजको पेसागत दक्षता, आपसी समन्वयात्मक क्षमता अभिवृद्धि सुनिश्चित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
तालिमसंयुक्त राज्य अमेरिका ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोग एवम् नेपाली सेना र अमेरिकी सेनाको सहकार्यमा अभ्यास सञ्चालन हुने छ ।
नेपालमा सन् २००० मा पहिलोपटक अभ्यास शान्ति प्रयास सञ्चालन भएको थियो ।
अहिले सम्म विश्व शान्ति स्थापनाकालागि लगभग ४४ मिसनमा एक लाख ६७ हजार नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् ।
न्यूज समय
८ फाल्गुन, २०८०, मंगलबार ००:००