१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

त्रिवि परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर लागु गर्दै

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर लागु गर्ने भएको छ ।
परीक्षा सुधार तथा समन्वय परिषद्को बैठकले त्रिविमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
परिक्षा नियन्त्रण कार्यालय बल्खुले प्रकाशन गरेको क्यालेन्डर स्नातक तथा स्नातकोत्तर तहमा कार्यान्वयन गर्ने गरी निर्णय भएको परिक्षा नियन्त्रण कार्यालय श्रोतले बताएको छ ।
श्रोतका अनुसार सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको परीक्षा २०८१ को भदौ दोस्रो हप्ताबाट र सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ वैशाखबाट लागु हुने छ ।
त्यस्तै स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा गर्ने तैयारी भएको पनि परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
त्रिविको परिक्षाको समय प्रणालीमा लापरवाहि र ढिलो भएको भन्दै चौतर्फी गुनासो बढिरहेका बेला परिक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर लागु गर्न लागेको हो ।
स्वतन्त्र विद्यार्थी यूनियनले पनि त्रिविमा रहेका व्यतिथी अन्त्य गर्न शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने, विद्यार्थीको प्रमाणपत्रहरु डिजिटलाइज हुनुपर्ने, विकेन्द्रीकरण हुनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डाको अन्त्य हुनुपर्ने, खाजा खाने समय आधा घन्टा मात्रै हुनुपर्ने लगायतका १० बुँदे माग राखेर आन्दोलन गर्दै आइरहेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*