मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि बागलुङमा आक्रमण भएको छ ।
बागलुङ बजारको लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा जाने क्रममा उनि माथी आक्रमण भएको हो ।
आक्रमण गर्ने व्यक्ति बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतम रहेको बागलुङ प्रहरीले जनाएको छ ।
आक्रमण गर्ने गौतमलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै छ ।
प्रसाईँ नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ कार्यक्रमलाई सम्वोधन गर्न बाग्लुङ गएको थिए ।
न्यूज समय
४ माघ, २०८०, बिहीबार ००:००