१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

काठमाडौंबाट नक्कली मदिरा बनाई बेच्ने ९ जना पक्राउ

नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोपमा प्रहरीले काठकाडौंबाट ९ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का, रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी रहेका छन् ।

त्यस्तै, रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्दै आएका उनिहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु समेत प्रयोग गर्दै आएको प्रहरीको भनाई छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*