चिसोका कारण जाजरकोटमा फेरी एक सुत्केरी महिलाको मृत्यु, मृत्यु हुनेको संख्या ६ पुग्यो
भुकम्पमा प्रभावित क्षेत्र जाजरकोटमा चिसोका कारण फेरी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुशे गाउँपालिका वडा नं. ९ घर्तीगाउँकी २४ बर्षीय कल्पना नेपाली रहेकी छन् ।
मृतक नेपाली २४ दिनको सुत्केरी रहेको बुझिएको छ । भुकम्पमा परी घर भत्किए पछि मृतकको परिवार त्रिपालमा बस्दै आएको थियो । मृतक नेपालीले गएको मंसिर १७ गते जुम्ल्याहा दुई छोरालाई जन्म दिनएकी प्रहरीले जनाएको छ ।
नेपाली संगै जाजरकोटमा अहिले सम्म ६ जनाको मृत्यु भएको छ । मृतकहरु सुत्केरी, बालबालिका, तथा दिर्घ रोगी रहेको प्रहरीले जनाएको छ ।
भुकम्प प्रभावित क्षेत्रमा अत्यधिक चोसो हुने गरेका कारण भुकम्प पिडितहरु मारमा परेका छन् । प्रयाप्त राहत तथा जाडोका कपडा नपाएका कारण चिसोका विरामी बढ्न थालेको पिडितहरुले गुनासो गरेका छन् । त्रिपाल मुनीको बसाई र लगाउने तथा ओढने कपडाको अभावका कारण चिन्तित बनेको समेत स्थानीय बासीले बताएका छन् ।