१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

डा. बसौलाको निलम्बन विरुद्ध सर्वोच्चद्वारा अन्तिरिम आदेश

सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय बिरुद्ध अन्तिरिम आदेश दिएको छ ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरिय निर्णय गर्दै बसौलालाई गएको कात्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।
बसौलाद्वारा कार्तिक १७ गते दायर रिटको सुनुवाई गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय मन्त्रालयका नाममा अन्तरिम आदेश दिएको सर्बोच्च स्रोतले बतायो ।
बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।
त्यस लगत्तै असोज २४ गतेको मन्त्रिपरिषद् बैठकले डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*