१७ मंसिर २०८१, सोमबार  |  2 December 2024,Monday
Ad

सनिवार काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गरिदै

जिल्ला समन्वय समिति काभ्रे र काभ्रे सेवा समाजले संयुक्त रुपमा शान्ति पदयात्रा गर्दैछ ।
यहि असोज ६ गते सनिवार काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म झण्डै १० किलोमिटर पद यात्राको नाम विश्व सांस्कृतिक शान्ति पदयात्रा दिईएको छ ।
यहि ४ गते देखि समितिले सुरु गरेको बिभिन्न कार्यक्रम अन्तरगत सनिवार गर्न लागिएको पद यात्रामा झण्डै १ हजार मानिस सहभागि हुने अनुमान गरिएको समाजका अध्यक्ष प्रल्हाद के.सी.ले जानकारी दिए ।
ऐतिहासिक, धार्मिक र प्राकृतिक रुपमा रमणीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित विश्व शान्ति पदयात्राको आयोजना गरिएको समेत अध्यक्ष के.सी.ले बताए ।
पद यात्रा पनौतीस्थित राजकुमार महासत्वको दरबारबाट सुरु भएर पनौती बजार, त्रिवेणीघाट, सुन्थान, इट्टे, शंखु, शंखेश्वरी हुँदै नमोवुद्ध पुगेर समापन गरिने कार्यक्रम तय भएको छ ।
भगवान नमोबुद्ध महासत्वको पिता राजा महारथको राज्य रहेको पाञ्चाल अर्थात पनौतीदेखि नमोबुद्ध महासत्वले दुब्ली बघिनीका ५ डमरुलाई आफ्नो शरीरको मासु दान गराएर बचाएको धार्मिक बिश्वास छ ।
लुम्बिनीमा सिद्धार्थ गौतम जन्मनुभन्दा ३५ सय बर्ष अघि गौतमवुद्ध जन्मेको पहिलो जन्मस्थलको रुपमा पनि नमोवुद्धलाई लिने गरिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*