२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

२६ लाख नगद सरकारी कर्मचारीको खल्तीमा

सरकारी कर्मचारी कति महसुर ? खल्तीमा २६ लाख नगद राखेर एअर सयर गर्छन् । यो कुनै कथा नभई राजश्व अनुसन्धान कार्यालय दाङका एक अधिकृतको वास्तविक घटना त्यो पनि आजकै हो ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा आज बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका छन् । अधिकृत सापकोटालाई नगद २६ लाख रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

विमानस्थल सुरक्षा जाँचमा सापकोटाको झोला खानतलासी गर्दा सो रकम फेला परेको हो । उनलाई नियन्त्रणमा लिइर जिल्ला प्रहरी कार्यालय बाँके लगिएको छ ।

जिल्ला प्रहरी स्रोतका अनुसार सापकोटा आज बिहान ८ः४५ बजे श्री एयरलाइन्सको उडानबाट काठमाडौं आउँदै थिए । सापकोटाको साथमा रहेका अर्का एक व्यक्ति भने फरार छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*