२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

वीर अस्पतालको ६ तल्लाबाट हाम्फालेर एक पुरुष मृत्यु

काठमाडौंको वीर अस्पतालको छैटौ तल्लाबाट हाम्फालेर एकजना पुरुषको सोमबार मृत्यु भएको छ । पहिचान नखुलेका ती व्यक्तिले आफैं सरासर अस्पतालको छैटौं तल्लामाथि पुगेर आत्महत्या गरेका हुन् ।

उनी हाम्फालेर आत्महत्या गर्नुको कारण केही खुलेको छैन । अस्पताल स्रोतका अनुसार शवलाई पोस्टमार्टममा पठाएको छ । शव दाबी गर्न कोही आफन्त नआएको प्रहरीले जनायो । ती व्यक्तिको खल्तीमा पाँचको नोट र सलाईको एक बट्टामात्र थियो ।

मृतक वीर अस्पतालमा भर्ना भएर बसेका कुनै बिरामी वा उसको कुरुवासमेत नरहेको अस्पताल प्रशासनले दाबी गरेको छ । एक्कासि ठूलो आवाज गरी अस्पताल कम्पाउण्डमा खसेपछि हल्लीखल्ली भएको थियो । मान्छे खस्नासाथ अस्पतालका सुरक्षा दस्ताले इमजेन्सी पुर्याएको थियो । रातको समय भएकाले को मान्छे कताबाट गएर हाम्फालेको हो छुट्याउन नसकेको सुरक्षाकर्मीले बताए ।

सोमबार बिहानको राति तीन बजेतिर घटना घटेको थियो । अस्पताल सुनसान भएको अवस्थामा ती पुरुष बाहिरबाट आएर सरासर भवनको छैटौँ तल्लामा उक्लिएका अनुमान गरिएको छ ।

उनी माथिबाट फाल हानेपछि गार्डले थाहा पाए । टाउको फुटेको अवस्थामा इमर्जेन्सीमा लगे । तर, त्यहाँ डाक्टरले तत्कालै मृत घोषित गरे ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*