ललिता निवास महानगरको कब्जामा

न्यूज समय

वषौंदेखि विवादको घेरामा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गामा काठमाडौं महानगरपालिकाले घेराबारा थालेको छ । सत्ता गठबन्धनका शीर्ष नेतृत्वहरु नै संलग्न सो जग्गा महानगरले एक्कासि बारबन्धन गर्न लागेको हो ।

आइतबार अपराह्न महानगर सुरक्षा दस्ता प्रमुख राजु पाण्डे नेतृत्वको डेढ सयभन्दा बढी बालुवाटार पुगेर जग्गा घेराबन्धी सुरु गरेको छ।

अख्तियार, अदालतमा मुद्दा चलेर सयौं व्यक्तिमाथि अनियमितता गरेको भन्दै विवादमा रहेको ललिता निवासअन्तर्गतको खाली सार्वजनिक जग्गा संरक्षण गर्न भन्दै महानगरले आफ्नो सुरक्षा दस्ता लगाएर काम थालेको महानगर स्रोतले जनाएको छ ।

ललिता निवास क्षेत्रको खाली जमिनमा राखिएका निर्माण सामग्रीलगायत टहराहरु हटाउन भन्दै महानगर प्रहरी परिचालन गरिएको हो । प्रहरीले आफैं पनि खाली गराउँदै हिँडेको छ ।