सभामुख देवराज घिमिरेले मातृशोकमा रहनुभएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको परिवारलाई भेटेर शोक व्यक्त गर्नुभएको छ ।
थपलियाकी आमा डम्बरकुमारी थपलियाको गत असार १ गते काठमाडौंमा निधन भएको थियो । उहाँका तीन छोरा, चार छोरी छन् ।
सभामुख घिमिरेले आइतबार थपलियाको परिवारलाई काठमाडौं– ३२ स्थित नरेफाँटमा रहेको कोटदेवी मनोहरा विद्यानगर किरियापुत्री भवनमा पुगेर शोक व्यक्त गर्नुभएको हो ।
सभामुखले स्व. थपलियाको आत्माको चिरशान्तिको कामना गर्दै तस्बिरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । सभामुखसहित प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय पनि शोक व्यक्त गर्न किरियापुत्री भवन पुग्नुभएको थियो ।
न्यूज समय
१० असार, २०८०, आईतबार ००:००