दुर्घटनामा परी घाईते भएका दूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहको पनि निधन

न्यूज समय

जीप दुर्घटनामा परी घाईते भएका दूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पनि निधन भएको छ ।

दुर्घटनामा घाईते भएका सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार गाउँदा गराउँदै बेलुका ५ः३३ बजे निधन भएको अस्पतालका सूचना अधिकारी संजय पन्तले बताए ।

घाईते सिंह सहित उनका जीप चालक र सुरक्षागार्डलाई हेलिकप्टर मार्फत उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।

दुर्घटनामा मन्त्री सिंहको श्रीमति र भाउजुको यस अघि नै मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

मन्त्री सिंह सवार सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकाको धारक्षडा भन्ने स्थानको सडकबाट झण्डै ५० मिटर तल खसेको थियो ।