काठमाडौंको तारकेश्वर नगरपालिका डिजिटल नगरपालिका बन्ने भएको छ ।
पेपरलेसको अवधारणलाई अगाडि बढाउँदै स्मार्ट पालिकाको प्राविधिक सहकार्यमा जनतालाई हातहातबाटै सेवा दिने उदेश्यले नगरपालिकाले ई–सिफारिस सहितका सेवा सुचारु गर्न लागेको हो ।
नगरपालिकाले ११ न.वडा बाट ई– सिफारिस सहित डिजिटल पेमेन्टको अबधारणा अगाडि बढाएको नगर प्रमुख कृष्णहरी महर्जने बताए ।
त्यस्तै वडा न. ७ का वडा अध्यक्ष सानुकाजी खत्रीले पालिकाको वडा न. ७ को फुटुङको कार्यालयबाट मोबाइल मार्फत बैंक खाता बन्दको सिफारिसलाई डिजिटल रुपमा सुरुवात गरे ।
डिजिटल प्रविधिमा दक्षता सहित कार्य गर्न नगरपालिकाले हरेक वडाका वडा अध्यक्ष सहित कर्मचारीलाई अभिमुखिकरण तालिम दिएको छ ।
नगर प्रमुख महर्जनका अनुसार नगरपालिकामा यस अघि नै डिजिटल घरधुरी सर्वेक्षण गरी डिजिटल प्रोफाइल तयार पारिसकेकोले अव जनताका तीन पुस्ते बिबरण एउटा टोकन नम्बरले देखाउन सक्ने वातावरण तैयार भएको बताए ।
यसबाट जनता र जनप्रतिनिधि प्रविधी मार्फत नजिक रहेर सहजै सेवा लिन र दिन सक्ने वातावरण तैयार भएको पनि नगर प्रमुख महर्जले बताए ।
जनताले पालिकाको कार्यालय धाएर काम गराउने बाध्यतालाई यस डिजिटल प्रणालिले अन्त्य गर्ने समेत प्रमुख महर्जनको बिश्वास छ ।
न्यूज समय
८ जेष्ठ, २०८०, सोमबार ००:००