बैशाख १० गते हुने भनिएका त्रिविका सवै परिक्ष ७ दिन पछी सारिए

न्यूज समय

त्रिभुवन विश्वविद्यालयका यही बैशाख १० गते देखि हुने भनिएका सम्पूर्ण परिक्षाहरु सारिएका छन् ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार वैशाख १० गते गर्ने भनिएको सवै परीक्षा सारिएका हुन् ।
वैशाख १० गते तनहुँ, चितवन र बारा गरी तीन स्थानमा संघीय संसदको उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्याल केन्द्रीय परीक्षा सञ्चालन समितिको बिहीबार बसेको बैठकले परीक्षा सार्ने निर्णय गरे अनुसार परिक्षा सरिएको परीक्षा नियन्त्रक जोशीले बताए ।

जोशीका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्ने गरी परिक्षा सारिएको हो ।