ओखलढुङ्गामा भएको जिप दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत, गम्भिर घाईतेलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याईयो

न्यूज समय

ओखलढुङ्गामा भएको जिप दुर्घटनामा परि मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।
मृत्यु हुनेहरुमा चिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दियाले भन्ने स्थानमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि ९ जना गम्भिर घाईते भएका छन् । घाईते हुनेहरुमा तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन काकी रहेका छन् ।
दुघटनामा परेका दुईजना बालकको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
गम्भिर घाईतेहरुलाई हेलिकप्टर मार्फत काठमाडौं पठाईएको छ ।
१३ जना सवार जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान गरिएको छ ।