२१ मंसिर २०८१, शुक्रबार  |  6 December 2024,Friday
Ad

शैक्षिक क्षेत्रमा बढदो विदेश पलाएन देशकालागि चुनौति : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र समृद्धिप्रति नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको अग्रणी भुमिका हुने बताएका छन् ।
पोखरा विश्व विद्यालयको १८ औं दिक्षान्त समारोहलाई आज पोखरामा सम्वोधन गर्दै प्रधानमन्त्री दहालले शैक्षिक क्षेत्रमा बढदो विदेश पलाएन देशकालागि चुनौति भएको भन्दै सवै क्षेत्र यस्तो पलायनलाई रोक्न लाग्नु पर्ने बताएका हुन् ।

शैक्षिक जनशक्ति उत्पादन र अन्तर्राष्ट्रिय बजारमा प्रतिशप्रधाकालागि अनुसन्धानात्क मानव संसाधन विकास गर्ने दिशामा विश्व विद्यालयहरुले कार्य गर्नु पर्नेमा प्रधानमन्त्री दाहालको जोड थियो ।
वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्वोधन हुने विश्वास दिलाए।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*