बिभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा श्रमिकको सहयोगकालागि श्रमिक हेल्प डेस्क स्थापना गरिने भएको छ ।
बिदेशमा समस्यमा परेका श्रमिकको सुविधालाई मध्यनजर गदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले श्रम सचिव सहितका मन्त्रालयका सम्वन्धित पदाधिकारीलाई बोलाएर रोजगारका क्रममा नेपालीले विदेशमा खेप्नु परेको समस्यालाई तत्काल सम्बोधन गर्न दिएको निर्देशन बमोजिम विदेश स्थीत नेपाली दुतावासमा हेन्प डेक्स स्थापना गर्ने मन्त्रालयले निर्णय गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले यहि माघ २५ गते प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णय अनुसार यो प्रकृया अगाडी बढाईएको जानकारी दिए ।
सचिव अर्यालले विदेशस्थित सबै नेपाली नियोगमा श्रमिकका सबै प्रकारका समस्या सम्बोधन, सहजीकरण एवं मन्त्रालयमा त्यसको जानकारी गराउन सबै नियोगहरूमा छिट्टै श्रम डेस्क स्थापना गरिने बताए ।
न्यूज समय
२९ माघ, २०७९, आईतबार ००:००