थापाथलीका सुकुम्बासीहरु आन्दोलनमा, महानगरपालिका अगाडि प्रर्दशन गरे

न्यूज समय

विना व्यवस्थापन आफुहरुलाई हटाउन लागिएको भन्दै काठमाडौं उपत्यकाका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका अगाडि प्रर्दशन गरेका छन् ।
उचित व्यवस्थापन नगरी आफुहरुलाई बल प्रयोग गरी महानगरले हटाउन खोजेको भन्दै थापाथली स्थीत बागमती नदी किनारका सुकुम्बासी बस्तीका मानिसहरु मंगलबार महानगरपालिको गेट अगाडि प्रर्दशन गरेका हुन् ।
सैयौंको संख्यामा उपस्थित भएका सुकुम्बासीहरुले थापाथलीबाट नारा जुलुस सहित महानगरपालिका अगाडि पुगेका थिए ।
एकीकृत बागमती सभ्यता विकास समितिले यहि मंसिर ४ गते सम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सो सूचनाको सुनुवाई नभएको भन्दै एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरे सँगै सोमबार महानगरको स्काभेटर सहितको टोलि सुकुम्बासी बस्ती पुगेको थियो ।
सुकुम्बासी बस्ती पुगेको महानगरको टोलिलाई स्थानीय सुकुम्बासीहरुले ढुङ्गा मुढा गरेका थिए । माहनगरको टोली र स्थानीय सुकुम्बासीहरु बीच भएको झडपमा महानगरका प्रहरी प्रमुख सहित ३६ जना घाईते भएका छन् ।
घाईते मध्य केहिको अवस्था गम्भिर रहेको र उनिहरुको काठमाडौका विभिन्न अस्पतालमा उपचार भईरहेको महानगर श्रोतले जनाएको छ ।
अहिले सुकुम्बासीहरुले थापाथली क्षेत्रमा टायर बालेर महानगर विरुद्ध नाराबाजी तथा प्रर्दशन गरिरहेका छन् ।