आज राति १२ बजे देखि मौन अवधी (स्थिर समय) सुरु हुँदै
- १ मंसिर, २०७९, बिहीबार ०८:१८
- मुख्य समाचार
- न्यूज समय
यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधी आज बिहिबार राति १२ बजे देखि सुरु हुँदै छ ।
यो अवधी मदान सम्पन्न नहुँदा सम्म लागु रहने निर्वाचन आयोगले जनाएको छ । यो समयमा पार्टी तथा उमेदवारले कुनै पनि प्रकारले प्रचार प्रसार गर्न नपाईने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।
यस भन्दा अघिका चुनाबहरुमा यो अवधीलाई मौन अवधी भन्ने गरेको भए पनि यस पटक भने आयोगले स्थिर अवधीको समय भनेको छ ।
यसकालागि निर्वाचन आयोग, सुरक्षा निकाए तथा परिवेक्षक संघ संस्थाले हुने गतिविधीलाई अनुगमन गर्ने छन् ।
साथै सुरक्षा व्यवस्था कडा पार्ने एवं अतिसंवेदनशील क्षेत्रहरुमा हवाई गस्तीको पनि व्यवस्था मिलाईएको निर्वाचन आयोगले नाएको छ ।