डोटीमा गएको भुकम्पमा परी मृत्यु भएका ६ जनाको सनाखत भयो, गम्भिर घाईते २ जनालाई जिल्ला बाहिर पठाईयो
- २३ कार्तिक, २०७९, बुधबार ०८:२१
- मुख्य समाचार
- न्यूज समय
डोटीमा मंगलबार राती गएको भुकम्पमा परी मृत्यु हुने मध्य ६ जनाको सनाखत भएको छ ।
राती २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्नीच्युटको भुकम्पमा परी मृत्यु हुनेहरुमा पूर्वी चौकी गाउँपालिका ३ ठाडा गाउँका ३८ बर्षीय भगवती बोहरा, उनकी छोरी १३ बर्षीय सीता बोहरा, ७ बर्षीय छोरा हर्क बोहरा रहेका छन् ।
त्यस्तै सोही ठाउँकै ४५ बर्षीय प्रेम बहादुर बोहरा, उनका १२ बर्षीय छोरी तुलसी बोहरा, र उनकै घरमा सुतेकी स्थानिय महाविर बोहराको १७ बर्षीय छोरी धनसरी बोहराको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
त्यस्तै घर भत्कियर घाईते हुनेहरुमा ४५ बर्षीय महाविर बोहरा, ४० बर्षीय इनरी बोहरा, ४५ बर्षीय बिष्णादेवि बोहरा, ४६ चनादेवी बोहरा र ११ बर्षीया धौली बोहरा रहेका छन् ।
घाईते ५ मध्य २ जनाको स्थानिय स्वास्थ्य चौकिमा सामान्य उपचार पछि थप उपचारकालागि नेपाली सेनाको हेलिकप्टरबाट धनगढी पठाईएको छ । अन्य तिन जनाको जिल्लामा उपचार भईरहेको छ ।
भुकम्पमा परी ठाडा गाउँका मात्रै ८ वटा घर भत्किएका छन्, भने दर्जनौ घर चर्किएका छन् । जिल्लाका अन्य गाउँका घरमा क्षेति पुगे पनि मानविय क्षेति भने नभएको प्रहरीले जनाएको छ ।
त्यस अघि सोही स्थानलाई केन्द्र बिन्दु बनाएर मंगलबार बेलुकी नै ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्यूटको भुकम्प गएको थियो ।