निर्वाचनलाई लक्षितगरी भारतले नेपाललाई २०० वटा सवारी साधन सहयोग गर्यो
- १५ कार्तिक, २०७९, मंगलवार १०:२०
- मुख्य समाचार
- न्यूज समय
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी भारत सरकारले नेपाललाई २०० वटा सवारी साधन सहयोग गरेको छ ।
भारतीय दुतावासद्वारा जारी बिज्ञप्तीमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई मंगलबार २०० वटा सवारी साधन हस्तान्तरण गरेको उल्लेख छ ।
निर्वाचनलाई थप व्यवस्थित गर्न हस्तान्तरण गरिएको उक्त परिमाणका सवारी साधन मध्य १२० वटा सुरक्षा निकाय र ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने छन् ।
छिमेकी देश भारतले नेपालको विकास र साझेदारीमा निरन्तर सहयोग गर्दै आएको र यो सहयोग पनि सोही साझेदारी अन्तरर्गत भएको भन्दै अर्थमन्त्री शर्माले भारत सरकार र भारतीय जनतालाई धन्यबाद दिएका छन् ।
यस अघिका सम्पन्न निर्वाचनमा पनि भारत सरकाले विभिन्न नेपाललाई झण्डै २४ सय सवारी साधन सहयोग गरिसकेको छ ।