१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

मंसिर ४ गते अग्रमगन र पश्चगमनबीचको लडाइँ छिनोफोनो हुने दिन हो : अध्यक्ष दाहाल


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् ।

उनले आज शुक्रबार बिहान काठमाडौँ –७ का उम्मेदवारहरूको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अबको निर्वाचन सामान्य नभएर अग्रमगन र पश्चगमनबीचको लडाइँ भएको बताएका हुन् ।

उनले भने,‘अहिले देशमा दुईवटा विचार र दुईवटा गठबन्धन आमने-सामने भएका छन्। एउटा, पश्चमन अथवा संविधान मास्ने पक्ष र अर्को, अग्रगमन अथवा संविधानको रक्षा गर्ने पक्ष। एउटा लोकतन्त्र विरोधी पक्ष र अर्को लोकतन्त्रको रक्षाको पक्षमा रहेको गठबन्धन हो ।’

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*