प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पूर्वाग्रह नराखी विश्वविद्यालयका समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक पूर्वाग्रह भन्दा माथि उठेर विश्वविद्यालका समस्या समाधान गर्नु पर्ने बताएका हुन् ।
बर्तमान अवस्थामा विश्वविद्यालयमा तालवन्दी र हडताल गरेर समस्याको समाधान नहुने भन्दै उनले यस्ता गतिविधीलाई रोकी त्यस भित्र रहेका समस्या समाधान तर्फ सवैले ध्यान दिनुपर्ने बताए ।
गुणस्तरीय शिक्षा समाज विकासको महत्वपूर्ण पक्ष रहेको भन्दै प्रधानमन्त्री देउवाले यसको विकास र सुचिश्चितताका लागि नेपाल सरकार सधै प्रविबद्ध रहेको पनि बताए ।
साथै प्रधानमन्त्री देउवाले शंकरदेव क्याम्पसलाई अध्यनकालागि ठाउँको कमि भएको कुराप्रति मन्त्रीपरिषदमा छलफल गरी नजिकै रहेको समाज कल्याण परिषदको खालि जग्गा उपलव्ध गराउनेतर्फ पहल गर्ने प्रतिवद्धता समेत जनाए ।
न्यूज समय
१७ भाद्र, २०७९, शुक्रबार ००:००